विपतका घटनाबाट ५० जिल्ला प्रभावित, ४१ जनाको मृत्यु
काठमाडौं, २५ साउन। गत जेठ ३१गते मनसुन भित्रिएदेखि आजसम्म मनसुनजन्य विपद्बाट ५०जिल्ला प्रभावित भएका छन्। गृह मन्त्रालयका अनुसार ती जिल्लामा भएका बाढी पहिरोलगायत मनसुनजन्य विपदमा परेर ४१जनाले ज्यान गुमाएका छन् भने एकतीस जना बेपत्ता छन्।ती जिल्लामा विपद्बाट ५५जना घाइते छन्। विपद्का घटना भएका ५०जिल्लामध्ये २०जिल्लामा भने मानवीय क्षति भएको छ भने ती जिल्लामा ४१जनाले ज्यान गुमाएका हुन्।
प्रतिक्रिया दिनुहोस्