नेपालमा झन् बढ्दै डेंगुको संक्रमण, संक्रमितको संख्या १० हजार ७२६ पुग्यो
काठमाडौं, २५ साउन। नेपालमा डेंगु भाइरसको संक्रमण बढ्दै गएको देखिएको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार देशभर १० हजार ७२६ जनालाई डेंगु संक्रमण देखिएको छ। डेंगुको संक्रमण ७४जिल्लामा फैलिएको महाशाखाले जनाएको छ। डेंगुको संक्रमणबाट हालसम्म ७जनाको मृत्यु भइसकेको छ। सन् २०२२मा ५४हजार सात सय ८४जनामा संक्रमण र ८८ जनाको मृत्यु भएको थियो।
प्रतिक्रिया दिनुहोस्