तोलामै ७०० रुपैयाँले सस्तियो सुनको भाउ
काठमाडौं, २५ साउन। बिहीबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले सस्तिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ३०० रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ७५० रुपैयाँ कायम गरिएको छ। यस्तै, अघिल्लो कारोबार दिन अर्थात् बुधबार एक तोला सुनको मूल्य १ लाख १२ हजार रुपैयाँ थियो।
प्रतिक्रिया दिनुहोस्