कपनमा छिर्यो बालेनको डोजर, स्थानीय आन्दोलित काठमाडौं, २५ साउन। काठमाडौँ महानगरपालिकाले बुढानीलकण्ठ र काठमाडौँ महानगरको सीमा क्षेत्रमा साततले कपन क्षेत्रको खोलामाथि डोजर चलाएपछि विवाद भएको छ। खोलामाथि राखेको स्ल्याब हटाउन काठमाडौँ महानगरले डोजर चलाएपछि विवाद भएको हो। स्ल्याब हटाउन गएको महानगरको नगर प्रहरी र स्थानीयबीच झडप समेत भएको स्थानीयले बताएका छन्। उक्त क्षेत्रमा सानो पानी पर्दा समेत डुबान हुने गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्