आईपीओ निष्काशन गर्ने विद्युत प्राधिकरणको तयारी काठमाडौं, २५ साउन। नेपाल विद्युत प्राधिकरणले सर्वसाधारणहरुको लागि सेयर(आईपीओ) निष्काशनको प्रक्रिया अघि बढाएको छ। बिहीबार पत्रकार सम्मेलन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आईपीओ निष्कासनको प्रक्रिया सुरू भएको बताए। यसका लागि प्राधिकरणको सम्पत्ति मूल्यांकन कार्य पनि सकिएको बताएका छन्। अघिल्लो आर्थिक वर्ष २०७८÷७९मा प्राधिकरणको खुद नाफा बढेर १३ अर्ब ३७करोड रूपैयाँ पुगेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्