सुन तस्करी प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ काठमाडौं, २६ साउन। करिब सय किलो सुन तस्करी प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले चिनियाँ नागरिकद्वय ली जियालिन र लिउ फुयानलाई विमानस्थलबाट पक्राउ गरेको हो। चीनतर्फ प्रस्थान गर्न लागेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको हो। उनीहरुलाई थप अनुसन्धानका लागि अध्यागमन कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)को जिम्मा लगाएको छ।योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १९पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्