अमेरिकाको हवाई टापुमा आगलागी, ५३ जनाको मृत्यु, करिब एक हजार बेपत्ता
काठमाडौं, २६ साउन। अमेरिकाको हवाई टापुमा पर्ने माउई काउन्टीको एक जंगलमा आगलागी भएको छ। आगलागीमा परी अहिलेसम्म ५३ जनाको मृत्यु भएको छ भने कम्तिमा एक हजार मानिस अझै बेपत्ता रहेको बीबीसीले जनाएको छ। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आगोको परिमाण देखाउने तस्बिर सार्वजनिक गरेको छ भने अमेरिकी राष्ट्रपति जो बाइडेनले हवाईको जंगलमा लागेको आगलागीलाई ठूलो प्रकोप घोषणाको संज्ञा दिएका छन्।
प्रतिक्रिया दिनुहोस्