अबदेखि टिकट बुकिङ काउन्टर अनिवार्य दर्ता गर्नुपर्ने काठमाडौं, २६ साउन।काठमाडौं महानगरपालिकाले महानगरक्षेत्रभित्र खुलेका टिकट बुकिङ काउन्टरलाई सम्बन्धित वडा कार्यालयमा अनिवार्य दर्ता गर्न निर्देशन दिएको छ। महानगरले जथाभावी खुलेका टिकट बुकिङ काउन्टरहरुलई व्यवस्थित गरी ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउनका उपत्यका बाहिर चल्ने यात्रुबहाक सार्वजनिक सवारी साधनका लागि टिकट बुकिङ काउन्टरहरु दर्ता गर्नुपर्ने सूचना निकालेको हो। काउन्टरहरु दर्ता नगरि सञ्चालन गरेको भेटिएमा भदौ १गतेबाट हटाउने चेतावनी पनि दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्