भक्तपुरबाट १५ लाख रुपैयाँ नक्कली नोट बरामद काठमाडौं, २६ साउन। प्रहरीले भक्तपुरको चाँगुबाट बिहीबार साँझ ठूलो मात्रामा नक्कली नोट बरामद गरेको छ। प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग चाँगुनारायणको संयुक्त टोलीले भक्तपुरको चाँगुनारायण नगरपालिका–४ चाँगु बुढाथोकीगाउँबाट १५ लाख रुपैयाँ नेपाली नक्कली नोट बरामद गरेको हो। प्रहरी वृत्त थानकोटले नक्कली नोटको कारोबारमा संलग्न भएको आरोपमा नौ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्