वर्षाको काराण हेटौंडा–काठमाडौं सबै सडक अवरूद्ध काठमाडौं, २८ साउन। हेटौंडाबाट काठमाडौं जाने छोटो दूरीका सबै सडक पहिरोका कारण अवरूद्ध भएका छन्।गए रातिदेखि परेको अविरल वर्षाका कारण हेटौंडा–भैंसे–भीमफेदी सडक खण्ड पहिरोको कारण अवरूद्ध भएको हो। भीमफेदी–२,कुलेखानी–सिस्नेरी–काठमाडौं सडक खण्ड,मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३,त्रिभुवन राजपथको भीमफेदी–९लामिडाँडा क्षेत्रमा खसेको पहिरोका कारण सडक अवरूद्ध भएको जनाइएको छ।यात्रुलाई वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्