सर्वसाधारणलाई मनकामना इन्जिनियरिङको आईपीओ आजदेखि
काठमाडौं, २८ साउन। मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई आज साउन २८गतेदेखि आईपीओ खुला गरेको छ। कम्पनीले सर्वसाधारणलाई २२ लाख ७६हजार ६सय २० कित्ता शेयर निष्काशन गरेको हो। यस निष्काशनमा साउन ३१ गतेसम्म आवेदन दिन सकिने छ। आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि बिओके क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
प्रतिक्रिया दिनुहोस्