अविरल वर्षापछि आएको पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध काठमाडौं, २८ साउन। अविरल वर्षापछि आएको पहिरोले मनाङ जोड्ने बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ। शनिबारदेखि परेको अविरल वर्षाका कारण बेँसीसहर–चामे सडक खण्ड अवरुद्ध भएको हो।सो सडक खण्डको बेँसीसहर नगरपालिका–६ को खरखरे भिर,चनौटे, पुमाखोलालगायतका स्थानमा पहिरो गएको बाटो अवरुद्ध भएको छ। मर्स्याङ्दी गाउँपालिका–६ र ७मा पर्ने बालुवा भन्ने ठाउँमा पहिरोसहित ठुला चट्टान आएर बाटो अवरुद्ध भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्