धर्नामा बसेका निर्माण व्यवसायी प्रहरीको नियन्त्रणमा काठमाडौं, २८ साउन। ललितपुरको जावलाखेलस्थित सिँचाइ विभागमा ताला लगाउन पुगेका निर्माण व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ।आज बिहान विभागमा तालाबन्दी गरेर धर्ना दिन पुगेका व्यवसायीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीले नेपाल निर्माण व्यवसायी महासङ्घका महासचिव रोशन दाहालसहित ४० भन्दा बढीलाई पक्राउ गरेको छ। आफूहरूले गरेको कामको समयमा भुक्तानी दिन माग गर्दै निर्माण व्यवसायीहरूले आन्दोलन गर्दै आएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्