प्रधानमन्त्रीले आफैं राजीनामा गर्नुपर्ने हो : केपी ओली
काठमाडौं, २८ साउन। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिन प्रधानमन्त्रीलाई सुझाएका छन्। गृह र अर्थमन्त्रीले त अहिलेसम्म राजीनामा नदिनु आश्चर्य भएको उनले बताए। एमालेले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले सरकार भ्रष्ट र नालायक भएको बताए। उनले भने,‘यति अयोग्य, यति नालायक सरकारको यस्तो भ्रष्टाचारको चाङमा उभिएर म नेतृत्व गर्छु भन्न अठ्यारो हुनुपर्ने हो। उहाँले आफैं राजीनामा गर्नुपर्ने हो।’
प्रतिक्रिया दिनुहोस्