आन्दोलनलाई सशक्त रुपमा लैजाने निर्माण व्यवसायीको चेतावनी
काठमाडौं, २९ साउन। निर्माण व्यवसायीहरुले निर्माणको भुक्तानीसहित ९ बुँदे माग राख्दै ललितपुरस्थित सडक विभागको कार्यालयमा धर्ना दिएका छन्।व्यवसायीहरुले आन्दोलन गरेको १६दिनसम्म पनि सरकारले निर्माण व्यवसायीहरुका आवाज नसुनेको भन्दै अझै सशक्त आन्दोलन गर्ने चेतावनी दिए। निर्माण कार्य गर्ने नियम खारेज गर,खरिद नियमावलीको नियम ६लाई कडाइका साथ लागू गर र निर्माण व्यवसायी एकता जिन्दाबाद लेखेको प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका छन्।
प्रतिक्रिया दिनुहोस्