कुनै बदमासी गरेको छैन, म आत्तिएको छैन, अलिकति चित्त दुखेको छः माधव नेपाल
काठमाडौं, २९ साउन। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बालुवाटार जग्गा प्रकरणमा भइरहेको छानबिनमा सहयोग गर्न तयार रहेको बताएका छन्। स्वीट्जरल्यान्ड भ्रमणबाट फर्किएपश्चात् विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले भने,‘मैले बिराएको छैन। कुनै बदमासी अपराध गरेको छैन। भ्रष्टाचार लेनदेन गरेको छैन। यो सबै स्थितिको कारणले म आत्तिएको छैन।तर,अलिकति चित्त दुखेको छ।चित्त किन दुखेको छ भने, केही गरौँला भन्यो,के पो भयो।
प्रतिक्रिया दिनुहोस्