नवनियुक्त मन्त्री अनितादेवी साहले गरिन् पदभार ग्रहण काठमाडौ, २९ साउन।जनमत पार्टीबाट मन्त्री बनेकी अनितादेवी साहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री पदभार ग्रहण गरेकी छन्। सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएलगत्तै उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पुगेर पदभार ग्रहण गरेकी हुन्। पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री साहले सहज ढंगले जनतलाई सेवा प्रवाह गर्ने कामनै आफ्नो पहिलो प्राथमितामा रहने बताइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्