सुन प्रकरणमा मेरो नाम आए मलाई पनि हत्कडी लगाए हुन्छः प्रधानमन्त्री काठमाडौं, २९ साउन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनुसन्धानको क्रममा नाम जोडिएर आए आफ्नो पार्टी मात्र होइन,आफ्नै परिवारका सदस्यलाई पनि नछाड्ने बताएका छन्।सोमबार पार्टीको बागमती प्रदेश कमिटी बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले नाम जोडिए आफैंलाई हत्कडी लगाएर थुने हुन्छ भनेको बताएका हुन्। उनले भने,‘खोज्दै जाँदा मेरो नाम आएछ भने मलाई पनि हत्कडी लगाएर थुने हुन्छ भनेको छु।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्