एमालेको अवरोधपछि भदौ ३ गतेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित काठमाडौं, २९ साउन। नेकपा एमालेका सांसदहरूले सोमबार पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध पारेका छन्। एमालेको अवरोधसँगै सभामुख देवराज घिमिरेले आइतबारसम्मका लागि संसद् बैठक स्थगित भएको घोषणा गरे। प्रतिनिधिसभाको बैठक भदौ ३ गतेसम्मका लागि स्थगित भएको छ ।सभामुख घिमिरेले शून्य समय सुरु भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरु सिटबाट उठेर नारावाजी सुरु गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्