गृहमन्त्रीले तत्काल राजीनामा नदिए आमरण अनसन बस्ने सांसद सुनील शर्माको चेतावनी काठमाडौं, २९ साउन। नेपाली कांग्रेसका सांसद सुनील शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका छन्।आफूलाई गैरकानुनी रुपमा थुनामा राखेकाले गृहमन्त्री श्रेष्ठले बिनासर्त तत्काल राजीनामा दिनुपर्ने उनको जिकिर थियो। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शर्माले गृहमन्त्री श्रेष्ठले तत्काल राजीनामा नदिए आफू आमरण अनशन बस्ने चेतावनी दिए। आफूलाई बिनाकारण आतंककारीजस्तो बनाएर पक्राउ गरेकाले गृहमन्त्री श्रेष्ठले बिनासर्त राजीनामा दिनुपर्ने उनको माग छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्