‘ब्रेक सु’ भित्रको सुन आज गालिँदै
काठमाडौं, ३० साउन। मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन आज गालिने भएको छ। नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गाल्ने तयारी गरिएको छ।यसअघि सोमबार ब्रेक प्याडबाट सुन छुट्याउने काम गरिएको थियो। यसरी छुट्याइएको सुन ६० किलो सात सय ८९ग्राम तौल रहेको छ। गालेपछि सुनको मात्रा अझै घट्नसक्ने अनुमान गरिएको छ।
प्रतिक्रिया दिनुहोस्