एक वर्षमा विदेशमा रहेका १२ सय बढी नेपालीले गुमाए ज्यान, पीडित परिवारलाई साढे ६५ करोड आर्थिक सहायता
काठमाडौं, ३० साउन। पछिल्लो एक वर्ष(आर्थिक वर्ष २०७९–८०)मावैदेशिक रोजगारीका क्रममा एक हजार २०८ जना नेपालीले विदेशी भूमिमा ज्यान गुमाएको वैदेशिक रोजगार बोर्डले जनाएको छ। यसैगरि, मृत्यु भएका व्यक्तिको परिवारलाई वैदेशिक रोजगार बोर्डले आर्थिक सहायतास्वरुप ६५ करोड ५१ लाख ८० हजार रुपैयाँ उपलब्ध गराएको छ।
प्रतिक्रिया दिनुहोस्