महासंघका वरिष्ठ उपाध्यक्षसँग आक्रोशित हुँदै अर्थमन्त्रीले भने– तपाईंहरुको संस्थागत धारणा के हो? प्रष्ट पार्नुस्
काठमाडौं, ३० साउन।अर्थमन्त्री डा.प्रकाशशरण महत नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठसँग सार्वजनिक कार्यक्रममै आक्रोशित भएका छन्।आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा उपाध्यक्ष श्रेष्ठले अर्थतन्त्र खराब हुँदा पनि सरकारले केही काम गर्न नसकेको आरोप लगाए।त्यसपछि अर्थमन्त्री महतले भने,‘आज बरिष्ठ उपाध्यक्षले निकै नगेटिभ कुरा मात्रै गर्नु भयो। पहिला तपाईंहरुको संस्थागत धारणा के हो? प्रष्ट पार्नुस्।नेगेटिभ कुरा गरेर मात्रै हुँदैन्।’
प्रतिक्रिया दिनुहोस्