तस्करीको सुन गाल्न सुरु गरियो
काठमाडौं, ३०साउन।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको तस्करीको सुन गाल्न सुरु भएको छ।नेपाल राष्ट्र बैंकको बबरमहलस्थित टक्सार महाशाखामा राजस्व अनुसन्धान विभाग, केन्द्री अनुसन्धान ब्युरो (सीआईबी) र राष्ट्र बैंकका अधिकारीको रोहबरमा गाल्न थालिएको हो। सोमबार ‘ब्रेक शू’ बाट सुन छुट्याउने काम भएको थियो। यसरी निकालिएको सुन ६० किलो ७८९ ग्राम रहेको छ। गालेपछि सुनको मात्रा अझै घट्ने अनुमान छ।
प्रतिक्रिया दिनुहोस्