तस्करीको सुन गालेर सकियो, केहीबेरमा तौल सार्वजनिक गरिने काठमाडौं, ३० साउन। मोटरसाइकलको ‘ब्रेक शू’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन गाल्ने कार्य सकिएको छ। नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गालिएको हो। गालिएपछिको सुनको तौल २ घण्टापछि सार्वजनिक गरिने महाशाखाले जनाएको छ। मंगलबार बिहान साढे १० बजेबाट सुन गाल्न सुरू गरिएको थियो। यसअघि सोमबा ब्रेक शूबाट सुन छुट्याउने काम भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्