सुन तस्करी प्रकरणमा थप ३ जना चिनियाँ नागरिक पक्राउ काठमाडौं, ३० साउन। सुन तस्करी प्रकरणमा थप ३ जना चिनियाँ नागरिक पक्राउ परेका छन्। चीन जान लागेका उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेको हो। योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २३पुगेको छ। राजस्व अनुसन्धान विभागले तीन साउनमा सिनामंगलबाट सुन सहितको १५५किलो ‘ब्रेक शु’ बरामद गरेको थियो। मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर सुन ल्याएको पाइएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्