प्रधानमन्त्रीद्वारा अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा समेट्ने योजनाको घोषणा काठमाडौं,३१साउन।सरकारले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्न सुरु गरेको छ।उक्त कार्यक्रम आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रज्ञा भवन कमलादीमा आयोजित कार्यक्रममा औपचारिक घोषणा गरेका हुन्। अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई २०८०वैशाख १गतेदेखि कोषमा समेट्ने गरी गत मंसिर २५गते अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालन सम्बन्धी कार्यविधि मन्त्रालयबाट स्वीकृत भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्