संसद खुलाउन एमालेसहितका दलहरूसँग छलफल गर्ने गठबन्धनको निर्णय काठमाडौं,३१साउन।संसदको जारी अवरोध खुलाउन सत्ता गठबन्धनले एमालेसहितका दलहरूसँग छलफल गर्ने निर्णय गरेको छ।बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले संसदको गतिरोध खुलाउन प्रमुख प्रतिपक्षी दल लगायत संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग संवादको प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको हो। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, उपप्रधानमन्त्रीहरू पूर्णबहादुर खड्का,नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू सहभागी थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्