भ्रष्टाचारको विषयमा सरकार गम्भीरतापूर्वक लागेको छ, अनुसन्धान निष्कर्षमा पुर्याउने छौँ : रेखा शर्मा
काठमाडौं, ३१ साउन।सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार सुशासनमा केन्द्रीत रहेको बताएकी छन्। प्रेस सेन्टर दाङले बुधबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भनिन्,‘सरकारले सुन तस्करी,भुटानी शरणनार्थीलगायत अन्य भ्रष्टचारका घटनामा अनुसन्धानलाई जसरी अगाडि बढाएको छ,यसमा सबैको साथ र सहयोग आवश्यक छ।भ्रष्टाचारको विषयमा सरकार गम्भीरतापूर्वक लागेको छ।प्रधानमन्त्रीले घरभित्रको मान्छे भए पनि नछोड्ने भन्नुभएको छ। अनुसन्धान निष्कर्षमा पु¥याउने छौँ।’
प्रतिक्रिया दिनुहोस्