सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि नियमित सुनुवाइ हुने काठमाडौं, ३२ साउन। क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आजदेखि काठमाडौं जिल्ला अदालतमा नियमित सुनुवाइ हुँदै छ। पछिल्लो पटक विश्वकप छनोटका लागि जिम्बाबे प्रस्थान गरे पछि मुद्दाले निरन्तरता पाउन सकेको थिएन। यसअघि नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसका क्रममा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। तर उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्