भुइँमा लतारिएको तारबाट करेन्ट लागेर मृत्यु भएपछि विरोधमा पूर्वपश्चिम राजमार्ग बन्द गराइयो
काठमाडौं, ३२ साउन।कञ्चनपुरमा सडकमा लतारिएको तारबाट करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका–१० सुकासालमा करेन्ट लागेर स्थानीय ३५वर्षीय दिनेश ओडको मृत्यु भएको हो। विद्युत प्राधिकरणले लापरबाहीले तार भुइँमा लतारिँदा करेन्ट लागी ज्यान गएको भन्दै आफन्त र स्थानीय आक्रोशित बनेका छन्। विरोधमा उनीहरुले बिहीबार बिहानैदेखि सुकासाल क्षेत्रमा टायर बालेर क्षतिपूर्तिको माग गर्दै पूर्वपश्चिम राजमार्ग बन्द गराएका छन्।
प्रतिक्रिया दिनुहोस्