गण्डकी प्रदेशमा ८० हजार पशु चौपायामा देखियो लम्पीस्किन रोग
काठमाडौं, ३२ साउन। महामारीका रुपमा फैलिएको लम्पी स्किन रोगले गण्डकी प्रदेशमा ७९हजार ९८७ पशुचौपाया प्रभावित भएका छन्। जसमा गाई, गोरु र भैँसी प्रभावित छन्। यस रोगबाट २२हजार ४९४ पशुचौपाया निको भएका छन्। लम्पी स्किनबाट प्रदेशमा चार हजार पाँच सय ५४पशुचौपाया मरेका छन्। यसका साथै प्रदेशमा लम्पी स्किन रोगबाट पाँच दशमलव ६९ प्रतिशत चौपायाको मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस्