बरु सरकार छाड्छौं तर भ्रष्टहरूको धम्कीबाट डराउँदैनौं : गृहमन्त्री श्रेष्ठ काठमाडौं, १ भाद्र।गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको सुशासन अभियानविरुद्ध भ्रष्टाचार र तस्करका संरक्षकहरूले घेराबन्दी गर्न र धम्की दिन खोजेको बताएका छन्।अजिरकोट गाउँपालिका–२स्थित भच्चेकमा आयोजित कार्यक्रममा बोल्दै उनले ठग,तस्कर र भ्रष्टाचारीका संरक्षकहरुको धम्कीबाट आफू नडराउने, बरु सरकार छाड्ने तर सुशासनको अभियान कुनै हालतमा नरोक्ने बताए।‘सरकारलाई,मन्त्रीलाई घेराबन्दीमा राख्छौं भनेर कसैले नसोचे हुन्छ। जुन दिनसम्म सरकारमा रहन्छौं,यो सुशासनको अभियान रोकिँदैन’ उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्