अब छिट्टै नेपाल बंगलादेशबीच विद्युत् व्यापार सुरु हुन्छः प्रधानमन्त्री प्रचण्ड
काठमाडौं, १ भाद्र। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र बंगलादेशबीचको विद्युत् व्यापार छिट्टै सुरु हुने दाबी गरेका छन्। शुक्रबार नेपाल विद्युत् प्राधिकरणको ३८औं वार्षिकोत्सव कार्याक्रमलाई सम्बोधन गर्दै दाहालले यस्तो दाबी गरेका हुन्। यसै वर्षायाम भित्र नेपाल–बंगलादेश विद्युत व्यापार सुरू हुने गरी नेपाल, भारत र बंगलादेशका सम्बन्धित निकायहरूबीच सम्झौता हस्ताक्षरको अन्तिम तयारी भइरहेको प्रधानमन्त्री दाहालले बताए।
प्रतिक्रिया दिनुहोस्