२१ प्रतिशतले बढ्यो रेमिट्यान्स काठमाडौं, १ भाद्र। आर्थिक वर्ष २०७९÷८०मा मासिक औसत १खर्बभन्दा माथि रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको गत आवको वार्षिक तथ्यांकअनुसार असार मसान्तसम्म १२खर्ब २० अर्ब रुपैयाँ विप्रेषण नेपाल भित्रिएको हो।यस आवमा अघिल्लो आवको तुलनामा २१.२प्रतिशतले विप्रेषण वृद्धि भएको हो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.१प्रतिशतले बढेर ९अर्ब ३३करोड पुगेको छ। अघिल्लो आवमा यस्तो वृद्धिदर २.२प्रतिशत थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्