नेपालीले गत वर्ष घुमेरै सिध्याए करिब साढे १ खर्ब काठमाडौं,१भाद्र।गत वर्ष भ्रमण खर्चमात्र १खर्ब ४४अर्ब ४६करोड रुपैयाँ भएको छ।नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार सेवा खाताअन्तर्गत भ्रमण व्यय(खर्च)४८.४प्रतिशतले वृद्धि भएको हो। यसमध्ये शिक्षातर्फको खर्च १खर्ब ४२करोड रहेको छ।अघिल्लो वर्ष भ्रमण खर्च ९७ अर्ब ३२करोड रहेकोमा शिक्षातर्फको खर्च ६७अर्ब ७०करोड रहेको थियो। गत वर्ष भ्रमण आय(आम्दानी)भने८९.६प्रतिशतले वृद्धि भई ६१अर्ब५२ करोड पुगेको छ।अघिल्लो वर्ष यस्तो आय ३२अर्ब ४५करोड रहेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्