एउटा घडेरीको न्यून सीमा घट्यो, अब २ आना २ पैसासम्मको बनाउन पाइने
काठमाडौं, १ भाद्र।सरकारले घडेरीको न्यून सीमा घटाएको छ।जसअनुसार अब २आना २पैसाको एउटा घडेरी बनाउन पाइनेछ।संशोधित नियमावलीमा आवासीय र व्यावसायिक जग्गालाई ८०वर्गमिटरसम्म अर्थात २ आना २ पैसाको टुक्रामा कित्ताकाट गर्नसक्ने व्यवस्था गरिएको छ।तर,स्थानीय तहले निर्धारण गरेको सडक तथा बाटोको मापदण्डका आधारमा स्थानीय तहको सिफारिसअनुसार जग्गाको कित्ताकाट हुनुपर्ने व्यवस्था गरिएको छ। यसअघिसम्म ४आना १दामभन्दा सानो टुक्रामा जग्गाको कित्ताकाट गर्न पाइदैनथ्यो।
प्रतिक्रिया दिनुहोस्