नियन्त्रण हुन सकेन महँगी, गत वर्ष पनि १.४२ प्रतिशतले बढ्यो
काठमाडौं,१ भाद्र।गत आर्थिक वर्ष २०७९÷८०मा वार्षिक औसत उपभोक्ता मूल्यवृद्धि (मुद्रास्फीति)७.७४प्रतिशत कायम भएको छ। अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ६.३२प्रतिशत रहेको थियो।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक वित्तीय प्रतिवेदनअनुसार रेस्टुरेन्ट तथा होटल उपसमूहको मूल्यवृद्धि सबैभन्दा उच्च अर्थात् १४.४२प्रतिशत रहेको पाइएको छ।मरमसलाको १२.५०प्रतिशत,खाद्य तथा खाद्यजन्य पदार्थको १०.७०प्रतिशत,सुर्तीजन्य पदार्थको ९.८८प्रतिशत र दुग्धजन्य पदार्थ तथा अण्डाको ९.२३प्रतिशत मूल्यवृद्धि पाइएको राष्ट्र बैंकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्