किलोको १४० रुपैयाँ पुग्यो गोलभेँडाको भाउ, कति छ अन्य तरकारीको मूल्य ? कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ।जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी १४० रुपैयाँ,टनेल गोलभेडा सानो ७०,घिउ सिमी लोकल ८०,काउली स्थानीय प्रतिकेजी७०रुपैयाँ,आलु रातो ५०,मुडे आलु रातो४४,भारतीय आलु रातो ३५,भारतीय प्याज सुकेको ६०,लौका ७०,हरियो फर्सी७०, घिरौँला ५०रुपैयाँ कायम भइ कारोबार भइरहेको छ।त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३५०रुपैयाँ,बन्दा लोकल४०,गाँजर ११०,भन्टा डल्लो६०,भन्टा लाम्चो ६० मकै बोडी ८०,ब्रोकाउली१४०,रहेको समितिले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्