संसद्को गतिरोध अन्त्यबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक काठमाडौं, ३ भाद्र।प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वदलीय बैठक बोलाएका छन्।संसद्को गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्री दाहालले सर्वदलीय बैठक बोलाएका हुन्। आइतबार मध्याह्न साढे १२बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यताप्राप्त दलका शीर्ष नेताहरुसँग छलफल गर्ने कार्यक्रम रहेको छ। सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै नेकपा एमालेलेसंसद् अवरुद्ध गर्दै आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्