समाजवादी मोर्चाको बैठक भोलिसम्मलाई स्थगित काठमाडौैं। आइतबार साँझलाई बोलाइएको चार दलीय समाजवादी मोर्चाको बैठक स्थगित भएको छ। आइतबारका लागि बोलाएको बैठक सोमबार बिहान साढे सात बजे बस्नेगरी स्थगित भएको हो। मोर्चाको अब बस्ने बैठकले मोर्चाका उद्देश्य जनतामाझ लैजान सातै प्रदेशमा गरिने सभाको मिति तोकिएको छ। मोर्चामा सत्तारुढ माओवादी केन्द्र,जनता समाजवादी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा रहेका छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्