मंगलबारसम्मका लागि संसद बैठक स्थगित काठमाडौं, ३ भाद्र। आइतबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ। सदनको अवरोध खुलाउने विषयमा दलीय सहमति जुट्न नसक्दा १० साउनदेखि बैठक स्थगित हुँदै आएको छ। आइतबार बसेको सर्वदलीय बैठकमा पनि सहमति नजुटेपछि आइतबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अपरान्ह करिब ३ बजेतिर सूचना निकालेर मंगलबार अपरान्ह ३बजे बस्नेगरी स्थगित गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्