डेंगी संक्रमितको संख्या १६ हजार नाघ्यो, काठमाडौंमा ६०० बढी
काठमाडौं, ३ भाद्र। नेपालमा यो वर्ष डेंगी संक्रमितको संख्या १६ हजार नाघेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार गत जनवरीदेखि अगष्ट १९सम्म १६,२६७जनामा संक्रमण पुष्टि भएको छ। डेंगीका कारण यो वर्ष १२जनाको मृत्यु भएको छ। डेंगीबाट सबैभन्दा धेरै कोसीमा १२,०२१ र बाग्मतीमा २,६५७ जना संक्रमित भएका छन्। काठमाडौं उपत्यकाका तीन जिल्लामा गरी ६२५ जना संक्रममित भएका छन्।
प्रतिक्रिया दिनुहोस्