घरजग्गाको कारोबार घट्यो, राजस्व संकलन करिब डेढ अर्बले कमी
काठमाडौं, ३भाद्र।साउनमा घरजग्गाको कारोबार घटेको छ। असारको तुलनामा साउनमा कारोबार घटेको हो।भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार आर्थिक वर्ष २०८०÷०८१को साउनमा कुल ३९हजार २६३लिखत पास भएको छ। असारमा ४४हजार ४८५लिखत पास भएको थियो।कारोबार कम हुँदा साउनमा राजस्व संकलनमा पनि गिरावट आएको छ। असारको तुलनामा साउनमा एक अर्ब ३६करोड ३८लाख ४२हजार ३२ रुपैयाँ कम राजस्व संकलन भएको छ।
प्रतिक्रिया दिनुहोस्