कोशी प्रदेशकी उपसभमुख काठमाडौं हिँडेपछि सर्यो कार्यव्यवस्थको बैठक
काठमाडौं, ४ भाद्र। उपसभामुख सृजना दनुवारको अनुपस्थितिका कारण कोशी प्रदेशसभाको कार्य व्यवस्था समिति बैठक सरेको छ। उपसभामुखसमेत बिरामी भएको भन्दै उपचारका लागि काठमाडौं आएकी छन्। सोमबार बिहान बोलाइएको बैठक मध्यान्ह १२ बजेका लागि सारिएको हो।सभाको कार्यसूचीसमेत तय नभएका कारण सभा चल्ने नचल्ने विषयमा अझै टुंगो लागेको छैन। आज कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने तयारीमा थिए।
प्रतिक्रिया दिनुहोस्