संसद खुलाउन आज पनि सर्वदलीय बैठक बस्दै काठमाडौं, ४ भाद्र। संसद गतिरोध अन्त्य गर्नका लागि आज पनि सर्वदलीय बैठक बोलाइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा हिजो बसेको बैठकमा सहमति जुट्न नसके पछि आज पनि बैठक बोलाइएको हो। बैठक अपराह्न ४ बजे बस्नेछ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने माग गर्दै निरन्तर संसद अवरोध गरिरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्