शिक्षक महासंघद्वारा आन्दोलन कार्यक्रम घोषणा काठमाडौं,४भाद्र।शिक्षा ऐन २०८०को मस्यौदाप्रति असहमति जनाउँदै आएको नेपाल शिक्षक महासंघले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। महासंघले आन्दोलनका कार्यक्रममा भदौ ४गते प्रमुख राजनीतिक दलका प्रमुख सचेतक तथा विभिन्न सांसदहरूसँग भेटघाट गरिने छ।त्यस्तै भदौ ५ र ६गते नागरिक समाज,सामाजिक अभियन्ता, अभिभावक महासंघ,विद्यालय व्यवस्थापन समितिसँग छलफल र संवाद र भदौ ७गते काठमाडौं केन्द्रित सडक आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने महासंघले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्