काठमाडौंमा बसभित्रै बालिका बलात्कृत, ५१ वर्षीय पुरुषविरुद्ध मुद्दा दर्ता काठमाडौं, ४ भाद्र। काठमाडौंको सितापाइलामा रोकिराखेको बसभित्रै एक बालिका बलात्कृत भएकी छन्। कक्षा ५मा अध्ययन गर्ने बालिकालाई ५१ वर्षीय पुरुषले बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। बलात्कार आरोपमा नागार्जुनको भीमढुंगाका ५१ वर्षीय मनोज महर्जनलाई पक्राउ गरेर बलात्कारको मुद्दा चलाइएको छ। बसभित्र बलात्कार गर्दै गरेको बेला ती बालिकाका भाइले देखेपछि घटना बाहिर आएको थियो। यो घटना असार ३० गतेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्