प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठले प्रस्तुत गरे आफ्नो भावी कार्ययोजना
काठमाडौं, ४ भाद्र। प्रधानन्यायाधीशमा प्रस्तावित विश्वम्भरप्रसाद श्रेष्ठले संसदीय सुनुवाइ समितिसमक्ष आफ्नो भावी कार्ययोजना प्रस्तुत गरेका छन। संसदीय समितिको बैठक सुरु भएसँगै प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठले आफ्नो अवधारणापत्र प्रस्तुत गरेका हुन्। उनले प्रस्तुत गरेको भावी कार्ययोजना एवं अवधारणापत्रमा न्यायपालिकामा योजनाबद्ध सुधार र साधन स्रोतको व्यवस्थापन,न्याय सम्पादन,अदालतहरूको कार्यबोझ,जनशक्ति र बजेट,मुद्दा व्यवस्थापनमा सुधार र फरक मुद्दा व्यवस्थापन पद्धति,फैसला कार्यान्वयनको विषय समेटिएको छ।
प्रतिक्रिया दिनुहोस्