उपसभामुखले संसदीय परम्परा तोड्नुभयो : मुख्यमन्त्री थापा
काठमाडौं, ४ भाद्र।कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाले उपसभामुखले विश्वासको मत लिने दिन बिदामा बसेर उपसभामुख सिर्जना दनुवारले संसदीय परम्परा तोडेको आरोप लगाएका छन्।उनले सोमबार विश्वासको मत लिने सम्भावना अब नरहेकाले १३गतेभित्र कुनै दिन फेरि विश्वासको मत लिने बताए।उपसभामुख दनुवारले आफैंले बोलाएको बैठकमा अनुपस्थित भएर संसदीय व्यवस्थालाई धरापमा पार्ने र द्वन्द्व सिर्जना गर्ने अवस्था निर्माण गरेको मुख्यमन्त्री थापाको आरोप छ।
प्रतिक्रिया दिनुहोस्